साढे ७ लाख बढी पशु चौपायामा लम्पी स्किन

लम्पी स्किन रोगबाट ७ लाख ६४ हजार पशु चौपाया संक्रमित भएका छन् । असार २५ सम्ममा देशभर ७ लाख ६४ हजार पशु संक्रमित र २६ हजार पशु चौपाया मरेका पशुसेवा विभागले जनाएको छ । लम्पी स्किन रोग नेपालमा २०७७ मा देखिएतापनि महामारीका रुपमा यहि चैत महिनाबाट फैलिएको विभागका प्रवक्ता डा. चन्द्र ढकालले जानकारी दिए । अहिले पशु चौपायामा लम्पी स्किन रोग कोभिड जस्तै महामारीको रुपमा दक्षिण एसियाका सबै मुलुकमा फैलिएको उनले बताए ।

२०७७ मा रोगको पहिचान भएता पनि त्यो वर्ष २७ वटा पशु मात्र मरेको उनले जानकारी दिए । २०७८ मा एउटा पनि पशु नमरेको उनको भनाइ छ । रोगलाई नियन्त्रण गर्न पशु सेवा विभाग र स्थानीय पालिकामार्फत पशुहरुलाई औषधी खोप दिने काम भइरेको उनले बताए । अहिलेसम्ममा २ लाख २२ हजार ७ सय पशुमा खोप लगाइएको छ । त्यसैगरी ४ लाख ९३ हजार ४ सय पशु रोगबाट निको भएको प्रवक्त ढकालले जानकारी दिए । हाल देशभरी २ लाख ४४ हजार पशु चौपायाहरु लम्पी स्किन रोगबाट संक्रमणको अवस्थामा रहेको विभागले जनाएको छ ।

लम्पी स्किन रोगले सबै भन्दा धेरै सुदुरपश्चिम प्रदेशमा पशु मरेका छन् भने सबै भन्दा कम मधेश प्रदेशमा मरेका छन् । विभागको तथ्यांक अनुसार सुदुरपश्चिम प्रदेशमा हालसम्म संक्रमित पशुको संख्या २ लाख ९ हजार रहेको छ भने निको भएका १ लाख ३० हजार पशु छन् । त्यस्तै १० हजार ९ सय पशु रोगले मरेका छन् । खोप लगाइएका पशुको संख्या ३ हजार रहेको छ । त्यस्तै कर्णाली प्रदेशमा २ लाख ९ हजार पशु रोग संक्रमित भएका छन् भने ६६ हजार ४ सय ८५ वटा पशु संक्रमणको अवस्थामा छन् ।

१ लाख ३५ हजार पशु संक्रमतिबाट निको भएका छन् । ६ हजार ७ सय पशु चौपाया रोगबाट मरेका छन् । रोग नियन्त्रणका लागि १७ हजार ५ सय पशुमा मात्र खोप लगाएको छ । मधेश प्रदेशमा ५ हजार पशु रोगबाट संक्रमित भएका छन् । २ हजार ९ सय पशु संक्रमणको अवस्थामा छन् । २ हजार पशु चौपायाहरु रोगबाट निको भएका छन् भने १ सय १ को संख्यामा रोगबाट मर्ने संख्या रहेको छ । ९ हजार ७ सय ७५ पशुमा रोग निको पार्न खोप दिएको विभागले जानकारी दिएको छ ।

विभागका अनुसार असार २५ सम्ममा बागमती प्रदेशमा ४० हजार ३ सय पशु लम्पी स्किन रोगबाट संक्रमित भएका छन् । हाल २७ हजार १२ पशुमा रोगको संक्रमण रहेको छ । बागमती प्रदेशमा उक्त रोगले १ हजार २ सय पशु मरिसकेका छन् । १२ हजार पशु भने रोगबाट मुक्त भएका छन् । गण्डकी प्रदेशमा ३० हजार ६ सय पशु रोगबाट संक्रमित भएका छन् । हालसम्म १२ हजार २ सय रोगबाट निको भएको विभागले जनाएको छ । तथ्यांक अनुसार गण्डकी प्रदेशमा हाल १७ हजार ६ सय पशु संक्रमणको अवस्थामा रहेका छन् ।

हलासम्म ७ सय पशु चौपाया रोगबाट मरिसकेको छन् । ३२ हजार ६ सय पशुलाई रोगबाट निको पार्न खोप दिइएको छ । लम्पी स्किन रोगले लुम्बिनी प्रदेशमा ७४ हजार २८९ पशु सक्रमित हुँदा ३७ हजार १४५ पशु रोगबाट निको भएका छन् । यस्तै २ हजार ७८० पशु चौपाया रोगबाट मरेका छन् । हाल संक्रमणको अवस्थामा ३४ हजार ३३५ पशु तथा चौपायाहरु छन् । २ हजार ७८० पशु चौपाया रोगबाट मरेका छन् । रोगबाट संक्रमति ८ हजार ५०० पशु चौपायाहरुलाई खोप लगाइएको विभागले जनाएको छ ।

Comments

Popular posts from this blog