Posts

Showing posts from July, 2023
Image
  ‘अखाद्य चामल भन्सार पास हुँदैन’ प्रकाशित मिति : फाल्गुन २३, २०७९ मंगलबार कौशिला कुँवर 442 Shares विश्व खाद्य कार्यक्रम (डब्लूएफपी) ले नेपालको पश्चिमी क्षेत्रमा अनुदानस्वरुप वितरण गर्न ल्याएको चामल अखाद्य फेला परेपछि नेपालगन्ज भन्सारले भन्सार पास नगर्ने भएको छ । विश्व खाद्यले इटालीबाट ल्याएको ५४ हजार किलो चामल नेपालगन्जमा परीक्षण गर्दा कुहिएको फेला परेको थियो । भन्सार कार्यालयले परीक्षणमा अखाद्य फेला परेकाले विश्व खाद्यको चामललाई भन्सार पास अर्थात् क्लियरेन्सको अनुमति नदिने जानकारी दिएको छ । चामल करिब एक महिनादेखि भन्सार परिसरमा थन्किएको छ । नेपालगन्ज भन्सारका सूचना अधिकारी डिल्लुप्रसाद शर्माले डब्लूएफपीले ल्याएको ५४ हजार किलो चामल कुहिएको देखिएकाले भन्सार पास नहुने बताए । उनका अनुसार भन्सार ऐन तथा विनियमअनुसार कुनै पनि खाद्य वस्तु खान अयोग्य पाइए सरोकारवालाको रोहवरमा नष्ट गर्न सक्ने तथा आयातकर्ताले फिर्ता गर्न सक्ने कानुनी व्यवस्था छ । “अखाद्य चामललाई नेपाल भित्र्याउने अनुमति हामीले दिन मिल्दैन । अब चामल के गर्ने डब्लूएफपीकै जिम्मेवारीमा आएको छ,” उनले स्पष्ट पारे । कानुनी व्यवस्थ...
Image
    Main menu गृहपृष्ठ हाम्रो बारेमा » परिचय उदेश्य नागरिक वडापत्र संगठनात्मक ढाँचा कर्मचारी विवरण सूचना प्रकाशन फोटो ग्यालरी समाचार सम्पर्क प्रांगारिक कौसी खेतीमा सहरवासीको आकर्षण  कौशिला कुँवर काठमाडौं। पछिल्लो समय कृषि योग्य जमिन सहरीकरण भएपछि काठमाडौं उपत्यकावासी कौसी खेतीमा आकर्षित भएका छन् । महँगोमा किन्दा पनि विषादीयुक्त र सडेगलेका बासी तरकारी खान बाध्य सहरवासी अहिले कौसी खेतीमा आकर्षित भएका हुन् । बजारमा गुणस्तर र स्वच्छ तरकारी नपाइँदा आप्mनै छतमा तरकारी उत्पादन गरेर खान थालका छन् । यस्तै, भक्तपुरको लोकन्थली घर भएका महेश शाक्यले आप्mनै घरमा कौसी खेती गरेर राम्रो उत्पादन गर्दै आएका छन् । महेश शाक्यले बजारमा विषादीयुक्त तरकारी आउन थालेपछि आफूले कौसी खेती गर्न थालेको बताए । शाक्यको भनाइअनुसार कौसी खेतीमा राम्रो उत्पादन हुन्छ । कौसी खेती थालेपछि बजारबाट कुनै पनि तरकारी किन्नु नपरेको शाक्य बताउँछन् । गोलभेडा, सिमी, खुर्सानी, प्याज, धनियालगायतका विभिन्न तरकारी उत्पादन गर्ने उनी बताउँछन् । कौसी खेती गर्दा स्वच्छ तरकारी खान पाउनुका साथै घरको फोहोर व्यवस्थापन हुने र पैसासम...
Image
  असारे भुक्तानीः अन्तिम दिनमा ४१ अर्ब ६८ करोड प्रकाशित मिति : असार २६, २०८० मंगलबार कौशिला कुँवर 208 Shares सरकारले चालु आर्थिक वर्षको अन्तिम दिन (२४ असार) मा साढे ४१ अर्ब रुपैयाँभन्दा बढी खर्च गरेको छ । एकै दिनमा भएको यो खर्च अहिलेसम्मकै धेरै हो । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली २०७७ को नियम ३० ले आर्थिक वर्ष समाप्त हुनुभन्दा एक साताअघि भुक्तानी निकासा बन्द गर्नुपर्ने व्यवस्था गरेको छ । त्यसअनुसार चालु आर्थिक वर्षका लागि सरकारले खर्च गरेको भुक्तानी लिन चेक काट्ने अन्तिम दिन २४ असार हो । यही अन्तिम दिनमा सरकारले अहिलेसम्मकै सबैभन्दा बढी साढे ४१ अर्ब रुपैयाँ खर्च गरेको हो । गत आवको असार २५ मा २५ अर्ब ५५ करोड ८६ लाख रुपैयाँ भएको थियो । गत वर्ष असार ३२ दिनको भएका कारण २५ गते चेक काट्ने अन्तिम दिन थियो । महालेखा नियन्त्रक कार्यालयका अनुसार असार २४ मा ४१ अर्ब ६८ करोड ३९ लाख रुपैयाँ खर्च भएको छ । यसमध्ये चालु र पुँजीगत शीर्षकमा बराबरीजस्तै खर्च भएको छ । पुँजीगत खर्च १९ अर्ब ९९ करोड ९८ लाख रुपैयाँ हुँदा चालु खर्च १८ अर्ब ४४ करोड ३२ लाख रुपैयाँ पुगेको हो । यस्तै, वित्ती...
Image
  साढे ७ लाख बढी पशु चौपायामा लम्पी स्किन प्रकाशित मिति : असार २८, २०८० बिहीबार कौशिला कुँवर 130 Shares लम्पी स्किन रोगबाट ७ लाख ६४ हजार पशु चौपाया संक्रमित भएका छन् । असार २५ सम्ममा देशभर ७ लाख ६४ हजार पशु संक्रमित र २६ हजार पशु चौपाया मरेका पशुसेवा विभागले जनाएको छ । लम्पी स्किन रोग नेपालमा २०७७ मा देखिएतापनि महामारीका रुपमा यहि चैत महिनाबाट फैलिएको विभागका प्रवक्ता डा. चन्द्र ढकालले जानकारी दिए । अहिले पशु चौपायामा लम्पी स्किन रोग कोभिड जस्तै महामारीको रुपमा दक्षिण एसियाका सबै मुलुकमा फैलिएको उनले बताए । २०७७ मा रोगको पहिचान भएता पनि त्यो वर्ष २७ वटा पशु मात्र मरेको उनले जानकारी दिए । २०७८ मा एउटा पनि पशु नमरेको उनको भनाइ छ । रोगलाई नियन्त्रण गर्न पशु सेवा विभाग र स्थानीय पालिकामार्फत पशुहरुलाई औषधी खोप दिने काम भइरेको उनले बताए । अहिलेसम्ममा २ लाख २२ हजार ७ सय पशुमा खोप लगाइएको छ । त्यसैगरी ४ लाख ९३ हजार ४ सय पशु रोगबाट निको भएको प्रवक्त ढकालले जानकारी दिए । हाल देशभरी २ लाख ४४ हजार पशु चौपायाहरु लम्पी स्किन रोगबाट संक्रमणको अवस्थामा रहेको विभागले जनाएको छ । लम्पी स्किन रोगले स...
Image
  १९ वर्षपछि पेट्रोलियम भण्डारण क्षमता विस्तार कार्तिक २८, २०७७ ५:०८ बिहान काठमाडौं । नेपालमा १९ वर्षपछि पेट्रोलियम भण्डारण क्षमता विस्तारको काम सुरु भएको छ । २०५८ सालयता पेट्रोलियम पदार्थको उच्च माग बढ्दै गए पनि भण्डारण क्षमता बढाइएको थिएन । पहिलोपटक १९ वर्षपछि निगमले आफ्नै लगानीमा पेट्रोलियम भण्डारण क्षमता विस्तारको काम सुरु गरेको हो । पोखरास्थित निगमको प्रदेश कार्यालयको परिसरमा रहेको ७७ रोपनी जग्गामा निर्माण कार्य सुरु गरिएको छ । बिहीबार उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले पेट्रोलियम भण्डारण क्षमता विस्तार कार्यको औपचारिक रूपमा शिलान्यास गरेका छन् । पेट्रोलियम पदार्थको वार्षिक माग १५ प्रतिशतले वृद्धि भए पनि निगमले १९ वर्षअघिकै भण्डारण क्षमताबाट आपूर्ति गर्नुपर्ने बाध्यता थियो । अहिले निगमले ७७ करोड लगानीमा १० हजार किलोलिटर क्षमताको डिजेल भण्डारण गृह निर्माण सुरु गरेको हो । भण्डारण क्षमता बढ्दा निगमलाई पेट्रोलियम पदाथ आपूर्तिमा सहज हुने भएको छ । निगमका अनुसार २०५८ मा एसियाली विकास बैंक (एडीपी) को सहयोगमा काठमाडौंको थानकोट र पोखरामा भण्डारण क्षमता बढाएको थियो । त्यो सम...