धान दिवस नारामा सीमित, चामल आयात वर्षेनी बढ्दो  कौशिला कुँवर


39Shares
facebook-white sharing button Share
twitter-white sharing button Tweet
pinterest-white sharing button Pin
linkedin-white sharing button
whatsapp-white sharing button

 

काठमाडौँ । धान नेपालको खाद्यान्न बाली मध्येको मुख्य बाली हो । २०६१ साल देखि सरकारले असार १५ मा निरन्तर औपचारीक कार्यक्रम गरि नारा बनाएर राष्ट्रिय धान दिवस मनाउदै आएको छ । २०६१ मंसिर २९ गतेको मन्त्रिस्तरीय तहबाट असार १५ राष्ट्रिय धान दिवस मनाउने निर्णय भएको थियो । सो समयमा कृषि मन्त्री होमनाथ दाहाल थिए ।

सरकारले २०७५ मा १५ औँ राष्ट्रिय धान दिवस मनाउदा “धान उत्पादनमा वृद्धि राष्ट्रको समृद्धि” नारा बनाएको थियो । यसैगरी गतवर्ष १७ औँ राष्ट्रिय धान दिवस मनाउदा “धान उत्पादनमा बृद्धि, आत्मनिर्भरता र समृद्धि” भन्ने नाराका बनाएको थियो भने यस पटक १८ औँ राष्ट्रिय धान दिवसको नारा “धान उत्पादनमा बृद्धि खाद्य सुरक्षा, आत्मनिर्भरता र समृद्धि” बनाएको छ । सरकारले यस्ता आक्रर्षित नाराहरु विगत १७ वर्ष देखि बनाएर औपचारिक रुपमै धुमधानमा साथ राष्ट्रिय धान दिवस मनाउदै आएको छ । सरकारले आकर्षक नारा लगाएर धान दिवस मनाईरहँदा बाहिरबाट आयात हुने चामलको तथ्यांक हेर्दा कहाली लाग्दो अवस्था देखिएको छ ।

राष्ट्रिय धान दिवसका नाराहरु

२०७८ मा औँ “धान उत्पादनमा बृद्धि खाद्य सुरक्षा, आत्मनिर्भरता र समृद्धि”
२०७७ मा “धान उत्पादनमा बृद्धि, आत्मनिर्भरता र समृद्धि”
२०७६ मा “धान खेतीमा प्रविधि र यांत्रिकीकरण चामल आयातमा न्युनिकरण ”
२०७५ “ धान उत्पादनमा वृद्धि राष्ट्रको समृद्धि ”
२०७४ “ दुई बाली धान खेतीको विस्तार, आर्थिक समृद्धिको आधार”
२०७३– “ व्यवसायिक धान खेतीको आधार, सामूदायिक नर्सरीको विस्तार”

कृषि तथा पशुपन्छि विकास मन्त्रालयले पछिल्लो समय धान उत्पादन बढेको दावी गर्दै आएपनि भएपनि बाहिरबाट आयात हुने चामल भने कम हुन कसेको छैन । झन वर्सेनी बढ्दै गएको छ । भन्सार विभागको पछिल्लो ११ महिनाको तथ्यांक अनुसार धानको बिउ र चामल गरी ४८ अर्ब १६ करोड २३ लाख ४९ हजार मुल्यको चामल आयात भएको छ । यसैगरी बीउ बिजन गुणस्तर नियन्त्रण केन्द्रका अनुसार चालु आर्थिक वर्ष २०७७/०७८ मा धानको बीउ मात्र १ अर्ब ६१ करोड १८ लाख ९८ हजार ६७ रुपैयाँको आयात भएको छ ।

धान विज्ञ भोलामान सिंह बस्नेत भन्छन्, ‘खाद्यान्नको मुल बालीको नै धान हो । धानको उत्पादन घट्दा कूल गार्हस्थ्य उत्पादन (जिडिपी) मा सिधा असर पर्छ भने धान उत्पादन बढ्दा जिडिपी बढ्छ ।’ धान चामल आयातले देशको अर्थतन्त्रमा नै ठुलो असर पर्ने उनको भनाई छ । कुल जनसंख्याको ६५ प्रतिशत जनसंख्या कृषि क्षत्रेमा आबद्ध रहेपनि धान विज्ञ बस्नेतले आर्थिक वर्षको ११ महिनामा नै ४८ अर्बको चामल आयात हुनुले देशको अर्थतन्त्रका ठुला असर पर्ने बताए । पछिल्लो समय धानको उत्पादकत्वमा केही बृद्धि भएको तर जनसंख्याका आधारमा धानको उत्पादन बृद्धि नहुँदा चामलको आयात वर्सेनी बढ्ने गरेको उनको भनाई छ । बस्नेतका अनुसार प्रति हेक्टर जमिनमा धानको उत्पादकत्व ३.८ प्रतिशत छ ।

यो अहिले सम्मको धेरै हो । तर माग अनुसार स्वदेशमा धान उत्पादन हुन नसक्दा चामलको आयात बढ्ने गरेको उनको भनाई छ । सरकारले धान उत्पादन बढाएर चामलमा प्रतिस्र्थान गर्न उच्च स्तरीय खाद्यान्न मिसन बनाउनु पर्ने र धान बालीलाई एउटा राष्ट्रिय गौरवका आयोजना बनाएर उत्पादन बढाउनु पर्ने आवश्यक रहेको धान विज्ञ बस्नेतको भनाई छ ।

कृषि तथा पशुपन्छि विकास मन्त्रलालय सहसचिव डा. हरि बहादुर केसीले नेपालमा मसिना चामलको उत्पादान कम हुने हुँदा चामलको आयात बढेको बताछ् । नेपालमा माग अनुसार धानको उत्पादन हुन नसक्दा आयात बढेको बताए । उनले भने, ‘हाम्रो धानको आवश्यकता ६३ लाख मेट्रिक टन हो । उत्पादन ५६ लाख मेट्रिक टन सम्म मात्र उत्पादन गर्न सकेको छ । माग अनुसार हामीलाई ६ लाख मेट्रिक टन धान उत्पादन कम छ ।’ उनले भने, तर भन्सार विभागको तथ्यांक अनुसार चामलको आयात भएको देख्दा हामीलाई पनि सङ्का छ । वास्तवमै चामल आएको हो वा होइन । भन्सारबाट आयात हुने चामलको ’boutमा गहिरो अनुसन्धान गर्नु पर्ने देखिएको सहसचिव डा. केसीले बताए । ‘वास्तवमा भान्सारबाट चामलको आयात यति धेरै कसरी आउँछ ?’ उनले प्रश्न गरे ।

कृषि मन्त्रालयका प्रवक्ता श्रीराम घिमिरेले नेपालमा धेरै माटोमा धान उत्पादन हुने र नेपालीको खाने बानी मसिना चामलको भएको हुँदा वर्सेनी चामलको आयात बढ्दै गएको बताए । उपभोक्ताको चाहाना अनुसारको चामल स्वदेशमा उत्पादन गर्न नसक्दा धानको उत्पादन बढे पनि चामल आयातमा कमी नआएको प्रवक्ता घिमिरेको भनाई छ । यसैगरी उनले पछिल्लो समय चामलको प्रयोग दाना पेयपदार्थमा धेरै प्रयोग हुने हुँदा पनि चामलको आयात बढेको बताए । उनले उपभोक्ताको चाहान अनुसारको धान उत्पादन गर्ने गरी कृषि मन्त्रलायले अनुसन्धान गरी कृषि नीति बनाउने कार्यक्रम ल्याएको बताए । चामल आयातमा न्युनिकरण गर्न अनुसन्धान नै गर्नु पर्ने प्रवक्ता घिमिरेको भनाई छ ।

Comments

Popular posts from this blog