कन्दमुलमा समेत परनिर्भर कौशिला कुँवर पुस २९, २०७८ ४:५१ बिहान 33 Shares Share Tweet Pin काठमाडौं । नेपालीहरूको विशिष्ट पर्व माघेसंक्रान्तिमा उसिनेर खाइने तरुल र विभिन्न प्रकारका कन्दमुलमा पनि नेपाल परनिर्भर रहेको देखिएको छ । माघेसंक्रान्तिका अवसरमा ठूलो मात्रामा कारोबार हुने कन्दमुलमा नेपाल भारतमा निर्भर रहनुपरेको हो । माघेसंक्रान्तिलाई लक्षित गरेर व्यापारीहरूले भारतबाट कन्दमुल आयात गरेर बिक्रीवितरण गर्दै आएका छन् । त्यसो त माघेसंक्रान्तिमा खाइने कन्दमुल स्वदेशमा उत्पादन नहुने होइन । पछिल्लो समय कतिपय नेपाली कृषकले तरुल व्यवसायी खेतीका रूपमा समेत गर्ने गरेका छन् । माघेसंक्रान्तिलाई स्वदेशकै उत्पादनले पर्याप्त हुने केही व्यापारीले दाबी गरे पनि भारतबाट समेत ल्याइने गरिएको छ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिको २८ पुसको तथ्यांकअनुसार माघेसंक्रान्तिमा खाइने १० प्रतिशत तरुल भारतबाट आयात भएको छ । यस्तै, सखरखण्ड ५५ प्रतिशत आयात भएको छ । कालीमाटी फलफूल तरकारी बजारमा विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठले माघेसंक्रान्तिका लागि स्वदेशी उत्पादन तरुल नै पर्य...
Posts
- Get link
- X
- Other Apps
मन्त्रीको निर्देशनपछि भ्यान सञ्चालन प्रक्रिया अघि बढ्यो प्रकाशित मिति : बैशाख ३१, २०८० आईतबार कौशिला कुँवर 936 Shares कृषि तथा पशुपन्छी विकासमन्त्री बेदुराम भुसालले चार वर्षदेखि बेवारिसे बनाइएका मोबाइल भ्यान तत्काल सञ्चालनको व्यवस्था गर्न निर्देशन दिएका छन् । करिब २८ करोड रुपैयाँमा खरिद गरिएका ४ वटा मोबाइल भ्यान खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग परिसरमा चार वर्षदेखि बेवारिसे अवस्थामा राखिएको छ । सरकारले खाद्य स्वच्छताका लागि बजार अनुगमन प्रभावकारी बनाउने उद्देश्यले मोबाइल भ्यान खरिद गरे पनि मुद्दामामिलाको बहाना बनाएर सञ्चालनमा आउन सकेका छैनन् । मन्त्री भुसालले विभागका पदाधिकारीलाई बेवारिसे बनाएर राखिएका भ्यान सञ्चालनमा ल्याउन निर्देशन दिएका हुन् । हालै भएको विभागको कार्यप्रगति समीक्षाका क्रममा मन्त्रीले भ्यान सञ्चालन गर्न निर्देशन दिएको कृषि सचिव गोविन्दप्रसाद शर्माले जानकारी दिए । “भ्यान चलाउन केकति बाँकी प्रक्रिया पूरा गर्नु छ, त्यो तत्काल गरी सञ्चालनमा ल्याउने व्यवस्था गर्न मन्त्रीज्यूले निर्देशन दिनुभएको छ,” सचिव शर्माले भने । सरकारले खाद्य स्वच्छताका लागि बजार अनुगमनलाई ...
- Get link
- X
- Other Apps
मोबाइल भ्यान सञ्चालन कसैले रोकेको छैन https://www.blogger.com/blog/post/edit/1720019371768601821/5543104132751674195 प्रकाशित मिति : बैशाख २४, २०८० आईतबार कौशिला कुँवर 1k Shares अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा हालेको बहाना बनाएर खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले मोबाइल भ्यान सञ्चालनमा ल्याएको छैन । भ्यान खरिद प्रक्रिया विवादमा आएपछि अख्तियारले विशेष अदालतमा मुद्दा हालेको थियो । अहिले यो सर्वोच्चमा पुगेको छ । भ्यान खरिदको मुद्दामा संलग्न तीनै निकाय अख्तियार, विशेष र सर्वोच्च अदालतले यसको सञ्चालनमा रोक लगाएका छैनन् । विशेष अदालतले भ्यान सञ्चालनमा ल्याउन निर्देशनात्मक आदेश गरेको छ भने सर्वोच्चले पनि सञ्चालन गर्न नहुने विषयमा केही बोलेको छैन । यस्तै, अख्तियारले पनि सञ्चालनमा रोक लगाएको छैन । विभागका उच्च अधिकारीले भने मुद्दालाई बहाना बनाएर ४ वर्षदेखि भ्यान बेवारिसे बनाएका छन् । विभागले २८ करोड रुपैयाँमा मोबाइल भ्यान खरिद गर्दा अनियमितता भएको भन्दै अख्तियारले विशेष अदालतमा मुद्दा हालेको थियो । उक्त मुद्दामा विशेषले सफाइ दिएको छ भने अख्तियार सर्वोच्चमा पुनरावेदन गएको छ ...
- Get link
- X
- Other Apps
पेट्रोलियम पदार्थले उपभोक्ताको टाउकामा करै करको भार कौशिला कुँवर पुस २६, २०७८ ४:५३ बिहान काठमाडौं । सरकारले पेट्रोलियम पदार्थमा अत्यधिक कर असुल गरी आम उपभोक्ताको टाउकोमा महँगीको भार थुपारेको छ । इन्धनमा मात्र विभिन्न ६ वटा शीर्षकमा सरकारले कर उठाउँदै आएको छ । नेपाल आयल निगमले भारतसँग सस्तोमा तेल खरिद गरे पनि अत्यधिक कर उठाउँदा उपभोक्ताले महँगो मूल्य तिर्नु परिरहेको छ । सरकारले भन्सार शुल्क, मूल्य अभिवृद्धि कर, सडक मर्मत सम्भार शुल्क, मूल्य स्थिरीकरण कोष कर, वातावरण प्रदूषण शुल्क र पूर्वाधार विकास गरी ६ शीर्षकमा कर उठाउने गरेको छ । प्रतिलिटर पेट्रोलमा निगमले ५७ रुपैयाँ ७३ पैसा भन्सारमै कर उठाएर राज्यलाई बुझाउने गरेको छ । त्यसको भार सिधै आम उपभोक्तामा परेको छ । पेट्रोल (प्रतिलिटर) भन्सार शुल्क २५ रुपैयाँ २० पैसा भन्सार सेवा शुल्क ०.०३ पैसा सडक भन्सार शुल्क ४ रुपैयाँ पूर्वाधार विकास कर १० रुपैयाँ मूल्य स्थिरीकरण कोष १ रुपैयाँ ३६ पैसा वातावरण शुल्क १ रुपैयाँ ५० पैसा मूल्य अभिवृद्धि कर १५ रुपैयाँ ६५ पैसा कुल कर ५७ रुपैयाँ ७३ पैसा सरकारले पेट्रोलमा भन्सार शुल्कको नाममा २५ रुपैयाँ २० पै...
- Get link
- X
- Other Apps
बजेटको अब नयाँ क्यालेण्डर प्रकाशित मिति : पुस ६, २०८० शुक्रबार कौशिला कुँवर काठमाडौं– प्रत्येक वर्ष संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत हुने विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता तथा सरकारको नीति तथा कार्यक्रममाथि गहन छलफल गर्न समय अभाव भएको भन्दै राष्ट्रिय योजना आयोगले बजेटको वार्षिक क्यालेण्डर परिवर्तन गर्ने भएको छ । संवैधानिक व्यवस्थाअनुसार अर्थमन्त्रीले संसद्को संयुक्त बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता पेश गर्छन् भने राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्छन् । तर, यी दुवै विषयमा लामो समयसम्म र गहन रुपमा छलफल हुने गरेको छैन । धेरैजसो वर्ष समय अभाव भन्दै छिटो समयमा नै छलफल टुंग्याउने गरिँदै आएको छ । आयोगले बजेटसँग अन्तरनिहीत सबै विषयमा छलफल गर्न पर्याप्त समय राखेर नयाँ क्यालेण्डर तयार पारेको हो । संविधानमा भएको व्यवस्थाअनुसार सरकारले हरेक वर्ष जेठ १५ मा आगामी आर्थिक वर्षका लागि वार्षिक बजेट प्रस्तुत गर्नुपर्छ । यसअघि संसद्मा प्रस्तुत हुने विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता तथा सरकारको नीति तथा कार्यक्रममा पर्याप्त र ठोस छलफल हुन...