धान दिवस नारामा सीमित, चामल आयात वर्षेनी बढ्दो कौशिला कुँवर असार १५, २०७८ ९:१७ बिहान 39 Shares Share Tweet Pin काठमाडौँ । धान नेपालको खाद्यान्न बाली मध्येको मुख्य बाली हो । २०६१ साल देखि सरकारले असार १५ मा निरन्तर औपचारीक कार्यक्रम गरि नारा बनाएर राष्ट्रिय धान दिवस मनाउदै आएको छ । २०६१ मंसिर २९ गतेको मन्त्रिस्तरीय तहबाट असार १५ राष्ट्रिय धान दिवस मनाउने निर्णय भएको थियो । सो समयमा कृषि मन्त्री होमनाथ दाहाल थिए । सरकारले २०७५ मा १५ औँ राष्ट्रिय धान दिवस मनाउदा “धान उत्पादनमा वृद्धि राष्ट्रको समृद्धि” नारा बनाएको थियो । यसैगरी गतवर्ष १७ औँ राष्ट्रिय धान दिवस मनाउदा “धान उत्पादनमा बृद्धि, आत्मनिर्भरता र समृद्धि” भन्ने नाराका बनाएको थियो भने यस पटक १८ औँ राष्ट्रिय धान दिवसको नारा “धान उत्पादनमा बृद्धि खाद्य सुरक्षा, आत्मनिर्भरता र समृद्धि” बनाएको छ । सरकारले यस्ता आक्रर्षित नाराहरु विगत १७ वर्ष देखि बनाएर औपचारिक रुपमै धुमधानमा साथ राष्ट्रिय धान दिवस मनाउदै आएको छ । सरकारले आकर्षक नारा लगाएर धान दिवस मनाईरहँदा बाहिरबाट आयात हुने चामलको तथ्यांक ...
Posts
Showing posts from June, 2023
- Get link
- X
- Other Apps
कृषिका १० कार्यक्रममा शून्य बजेट प्रकाशित मिति : असार ६, २०८० बुधबार कौशिला कुँवर 4.1k Shares अर्थमन्त्री प्रकाशशरण महतले पुँजीगत बजेट कटौती गरेर ल्याएको आगामी आर्थिक वर्षको बजेटमा कृषिका आधा दर्जन कार्यक्रमलाई पैसा दिएका छैनन् । अर्थमन्त्री महतले आन्तरिक उत्पादन बढाएर कृषिमा आत्मनिर्भर बनाउने उद्देश्यले बजेट ल्याएको दाबी गर्दै आएका छन् । उनले चालु आवको भन्दा ३ अर्ब रुपैयाँले कृषिको बजेट पनि बढाएका छन् । तर, कृषिकै आधा दर्जनभन्दा धेरै कार्यक्रममा बजेट शून्य बनाइएको छ । बजेट सार्वजनिक गर्दा महतले आगामी वर्षका लागि कृषिमा ५८ अर्ब ९८ करोड रुपैयाँ विनियोजन गरिएको घोषणा गरेका थिए । अहिले अर्थ मन्त्रालयले बजेट कार्यक्रम बनाएर पठाउँदा कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गत सञ्चालनमा रहेका १० कार्यक्रमको बजेट शून्य बनाइएको छ । बजेट सार्वजनिक गर्दा कृषिलाई ५८ अर्ब ९८ करोड विनियोजन गरेको घोषणा गरे पनि बजेट शीर्षकमा यसका लागि ५० अर्ब ५९ करोड रुपैयाँमात्र राखिएको छ । अर्थले कुल बजेट घटाएको र महत्वपूर्ण कार्यक्रमको बजेट शून्य बनाएर पठाउँदा कृषि मन्त्रलाय अन्योलमा छ । कृषि मन्त्रालयअन्तर्गत...
- Get link
- X
- Other Apps
कुन व्यवसाय गर्दा कति कर तिर्ने ? प्रकाशित मिति : असार १०, २०८० आईतबार कारोबार संवाददाता 3k Shares काठमाडौँ महानगरपालिकाले अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको आर्थिक विधेयक, २०८० आज नगरसभामा प्रस्तुत गरेको छ । आर्थिक विधेयकले आगामी आर्थिक वर्षका लागि महानगरपालिकाभित्र लाग्ने करका दर तोकेको छ । महानगरले विभिन्न व्यवसायको प्रकृति र लगानीको अवस्था हेरेर व्यावसायिक कर तोकेको हो । काठमाडौँ महानगरपालिकाको आर्थिक विधेयकअनुसार उत्पादनमूलक व्यवसाय तथा उद्योगमा हलुका पेयपदार्थ उद्योग (कोकाकोला, पेप्सीकोला, फ्रुटी आदि) घरेलुमा दर्ता भएका ५० हजार रुपैयाँ कर तिर्नुपर्नेछ । घरेलु उद्योगबाट उत्पादन हुने सोडा आदि हलुका पेयपदार्थ उत्पादन गर्ने उद्योगको नवीकरणका रुपमा वार्षिक शुल्क दुई हजार रुपैयाँ, डिस्टिलरी उद्योगलाई ५० हजार रुपैयाँ, विभिन्न निर्यातयोग्य वस्तु तथा व्यवसायलाई पाँच हजार रुपैयाँ र आयातयोग्य वस्तु तथा व्यवसायलाई १० हजार रुपैयाँ कर तोकिएको छ । चलचित्र निर्माण कम्पनीलाई १५ हजार रुपैयाँ तथा वितरक कम्पनीलाई पाँच हजार रुपैयाँ कर तोकिएको छ । मिनरल वाटर उद्योगलाई पाँच हजार रुपै...
- Get link
- X
- Other Apps
अन्योलका बीच बजेट निर्णयार्थ टेबुल हुँदै प्रकाशित मिति : असार १३, २०८० बुधबार कौशिला कुँवर 156 Shares सत्ता गठबन्धनमा रहेका केही दलहरुले आगामी वर्षको बजेट हुबहु पास नगर्ने बताइरहेका बेला सरकारले बुधबार प्रतिनिधिसभामा निर्णयार्थ बजेट टेबुल गर्ने कार्यतालिका राखेको छ । संसद्को बुधबारको कार्यसूचीमा आर्थिक वर्ष २०८०/०८१ को विनियोजन विधेयक (बजेट) निर्णयार्थ प्रतिनिधिसभाको बैठकमा टेबुल गर्ने तालिका राखिएको हो । अर्थमन्त्री प्रकाशशरण महतले जेठ १५ मा सार्वजनिक गरेको बजेटमाथि संसद्मा छलफल सुरु भएपछि यसमा विवाद आइरहेको छ । सरकारको अंकगणितमा ठूलै हिस्सा राखेका नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीकाका नेताहरुले आगामी बजेट न्यायोचित र सन्तुलित नभएको आरोप लगाउँदै संशोधनबिना पास नगर्ने बताउँदै आएका छन् । बजेटलाई लिएर सत्ता गठबन्धनका दलहरुबीच अन्योल छाएका बेला सरकारले निर्णयार्थ टेबुल गर्ने तालिका राखेको हो । यसले झनै अन्योल बढाएको छ । बजेट पास हुन नसके प्रधानमन्त्री पुष्पकमल दाहाल सरकार ढल्न सक्छ । कानुनमा स्पष्ट रुपमा बजेट पास नभए सरकार ढल्ने भनी उल्लेख छैन । तर, सरकारले ल्याएको बजेट पास नभए...