खाद्यले सवा आठ करोडका खसीबोका खरिद गर्ने प्रकाशित मिति : भाद्र २८, २०८० बिहीबार कौशिला कुँवर 72.9k Shares फाइल तस्बिर काठमाडौं– सरकारको पूर्ण स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले यो वर्ष पनि खसीबोका र च्यांग्रा ल्याउने भएको छ । खाद्यले हरेक वर्षको दशैंतिहारलाई लक्षित गरेर खसीबोका र च्यांग्रा ल्याउने गरेको छ । चाडपर्वमा व्यापारीहरुले उपभोक्ताबाट चर्को मूल्य असुल्ने सम्भावनालाई रोक्न खाद्यले बाहिरी जिल्लाबाट खसीबोका र च्यांग्रा खरिद गरी राजधानीमा ल्याउने गर्दै आएको थियो । कम्पनीले खसीबोका र च्यांग्रा खरिद गर्न ८ करोड ३३ लाख रुपैयाँ बजेट छुट्याएको छ । यो बजेटमा २ हजार खसीबोका र १ हजार च्यांग्रा खरिद गर्ने तयारी गरेको कम्पनीका सूचना अधिकारी शर्मिला न्यौपानेले जानकारी दिइन् । उनका अनुसार गत वर्षको दशैंका लागि खसीबोका र च्यांग्रा खरिद गर्न ६ करोड ५० लाख रुपैयाँ छुट्याइएको थियो । गत वर्षभन्दा कम्पनीले यस वर्षको दशैंका लागि खसीबोका र च्यांग्रा खरिद गर्न करिब दुई करोड रुपैयाँ बढी छुट्याएको छ । ८ करोड ३३ लाखमध्ये ३ करोड ४२ लाखका खसीबोका र ४ करोड ९१ लाखका च्यांग्रा ल्याउने ...
Posts
Showing posts from September, 2023