Posts

Showing posts from April, 2021
Image
  किसानलाई कृषि ज्ञान केन्द्र पुग्नै कठिन कौशिला कुँवर , 4 hours ago 10 Shares   9 काठमाडौं ।  मुलुक संघिय संरचनामा गएपछि सरकारले जिल्ला जिल्लामा रहेका जिल्ला कृषि विकास कार्यालय खारेज गरेर कृषि ज्ञान केन्द्र र पशु सेवा विज्ञ केन्द्र स्थापना गरेको छ । संघिय संरचना बन्दा ७७ वटै जिल्लामा जिल्ला कृषि विकास कार्यालय थिए । सोही कार्यालयबाट किसानले कृषि सम्बन्धी प्राविधि सेवा सुविधा लिने गरेका थिए । मुलुक संघियताको संरचनामा आएपछि पहिलेका सबै संरचना खारेज गरी सरकारले ५२ वटा कृषि ज्ञान केन्द्र र ४७ वटा पशु विज्ञ केन्द्रको स्थापना गरेको छ । किसानको सेवा सुविधाका लागि निर्माण भएका सो कृषि ज्ञान केन्द्रबाट कृषि सम्बन्धी प्राविधिक सेवा सुविधा लिन केन्द्रमा पुग्नै किसानलाई कठिन भएको छ । मुलुक संघिय स्वरुपमा आउँदा सरकारले जिल्ला कृषि विकास कार्यालयलाई खारेज गरी तीन जिल्लाका किसानलाई सेवा सुविधा दिने एउटै कृषि ज्ञान केन्द्र र पशु सेवा विज्ञ केन्द्र निर्माण गर्दा किसानलाई केन्द्रमा पुग्न कठिन भएको हो । संघिय संरचनामा जानु भन्दा अघि किसानले आप्mनै जिल्लाबाट कृषि सम्बन्धी सेवा सुविधा लिने ...
Image
  कौशिला कुँवर  काठमाडौँ ।  भक्तपुर नगरपालिकाले नेपालको संविधान विपरित आफ्नाे कानुन निर्माण गरेको छ । नेपालको संविधान २०७२ को धारा १७ को उपधारा (१) को (ङ) विपरित नगरपालिकाले आफ्नाे कानुन निर्माण गरेको हो । नेपालको संविधान २०७२ को धारा १७ मा स्वतन्त्रताको हक र उपधारा (१) मा कानुन बमोजिम बाहेक कुनै पनि व्यक्तिलाई वैयक्तिक स्वतन्त्रताबाट बच्चित गरिने छैन भन्ने उल्लेख छ भने उपधारा (१) को (ङ) मा नेपालको कुनै पनि भागमा आवतजावत र बसोबास गर्ने स्वतन्त्रता सम्बन्धी हकलाई सूनिश्चत गरेको छ ।तर, भक्तपुर नगरपालिकाले नागरिकको मैलिक हक अधिकारलाई कुन्ठित गर्दै संविधान विपरित कानुन बनाएको छ । नगरकालिकाले कला संस्कृति र सम्पदा संरक्षण एवं सम्बद्र्धन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन २०७६ निर्माण गरेको छ । यस ऐनको दफा ५ उपदफा (७) मा सांस्कृतिक क्षेत्र भित्र घर जग्गाहरु स्थानीय नागरिकले बाहेक अन्यले खरिद गर्न नपाउने भनिएको छ । सो कानुन निर्माण छि अहिले त्यहाँका स्थानीयले आफ्नाे घर जग्गा विक्री गर्न पाएका छैनन् । नगरपालिकाले भक्तपुर स्थानिय बाहेकलाई घर जग्गा विक्री गर्न नदिएपछि भक्त...