चाडपर्वका लागि बजारमा पर्याप्त खाद्यान्न छ प्रकाशित मिति : आश्विन २६, २०८० शुक्रबार कौशिला कुँवर 1.6k Shares कुमुदकुमार दुगड/ अध्यक्ष, नेपाल चामल–तेल–दाल उद्योग संघ चाडपर्व नजिकिएको छ, बजारमा खाद्यवस्तुको माग र आपूर्तिको अवस्था कस्तो छ ? चाडपर्व नजिकिएको अवस्थामा बजारमा खाद्यवस्तु आपूर्तिमा कुनै समस्या छैन । सहज रूपमै आपूर्ति भइरहेको छ । चिनीबाहेक अन्य दैनिक उपभोग्य वस्तुमा अहिले कुनै समस्या छैन । पछिल्लो समय चिनीबाहेक अन्य वस्तुमा मूल्य पनि घटेको छ । बजारमा भनेजस्तो महँगो छैन । दुई/तीन महिनाअघिको मूल्यभन्दा खाद्यवस्तु चामल, तेल र मैदा सस्तो भएको छ ।३ हजार २ सय बोरा पर्ने मैदा घटेर अहिले २८ देखि २९ सय रुपैयाँमा आएको छ । यस्तै तोरीको तेल पनि प्रतिलिटर १० देखि २० रुपैयाँ घटेको छ । चामल, दाल गेडागुडी महँगो भएको छैन । चाडपर्व नजिकिए पनि यसपटक विगतको जस्तो माग छैन । दसैं आउन केही दिनमात्र बाँकी हुँदा बजार सुनसान छ । दसैं आएको जस्तो केही अनुभूति व्यापारीमा भएको छैन । यसपटक डरलाग्दो अवस्था छ । व्यापार ठप्प छ । पसल सुनसान छन् । विगतमा दसैं नजिकिँदै गर्दा पसलमा सामान खरिद गर्नेहरूको भीड ल...
Posts
Showing posts from October, 2023
- Get link
- X
- Other Apps
खाद्य कम्पनीले दशैंका लागि २ हजार खसीबोका ल्याउँदै कौशिला कुँवर अशोज १८, २०७८ ५:२१ बिहान 25 Shares Share Tweet Pin काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दशैंका लागि २ हजार खसीबोका ल्याउने भएको छ । व्यापार कम्पनीले ३ करोड २० लाख रुपैयाँमा २ हजार खसीबोका खरिद गरी काठमाडौंमा ल्याउन लागेको हो । कम्पनीले यस वर्षको दसंैमा च्यांग्रा भने नल्याउने भएको छ । विगतमा कम्पनीले दसैंका लागि खसीबोका र च्यांग्रा दुवै ल्याउने गरेको थियो । दसैंका लागि बिक्री गर्न किसानसँग च्यांग्रा नपाएपछि कम्पनीले यो दसैंमा च्यांग्रा नल्याएर २ हजार खसीबोका मात्र ल्याउने खाद्य कम्पनीका सूचना अधिकारी शर्मिला न्यौपाने सुवेदीले जानकारी दिइन् । सूचना अधिकारी सुवेदीले कम्पनीले ८ सय खसीबोकी तुल्सीपुर र १२ सय खसीबोका वीरगन्जबाट ल्याउन लागेको बताइन् । सरकारी स्वामित्वमा रहेको खाद्य व्यापार कम्पनीले दसैंमा बर्सेनि काठमाडौं उपत्यका खसीबोका र च्यांग्रा ल्याएर बिक्री गर्दै आएको छ । दसैंको समयमा काठमाडौं उपत्यकामा मासुको खपत धेरै नै हुने हुँदा निजी क्षेत्रले बजारमा मनपरी मूल्य लिएर उपभोक्ता नठगियून्...
- Get link
- X
- Other Apps
दसैँलाई ६० हजार खसीबोका कौशिला कुँवर ६ आश्विन २०७९, बिहीबार ०७:५० 36 Shares काठमाडौं । नजिकिँदै गरेको दसैँलाई ६० हजार खसीबोकाको माग रहेको अनुमान गरिएको छ। काठमाडौं उपत्यकाका लागि मात्र ६० हजार खसीबोकाको माग रहेको पशु सेवा विभागको अनुमान छ। विभागका अनुसार गत वर्षको दसैँमा काठमाडौं उपत्यकामा ३८ हजार खसीबोका खपत भएका थिए। गत वर्ष महामारीका रूपमा फैलिएको कोरोना सङ्क्रमणका कारण दसैँ खुलेर नमनाएको हुँदा उपत्यकामा ३८ हजार मात्र खसीबोका खपत भएको विभागका प्रवक्ता डा. चन्द्र ढकालले जानकारी दिए। यस पटकको अवस्था सामान्य नै रहेको हुँदा यो दसैँमा काठमाडौं उपत्यकामा ६० हजार खसीबोका खपत हुने अनुमान विभागले गरेको प्रवक्ता डा. चन्द्र ढकालले बताए। खसीबोका खरिद बिक्री गर्ने व्यवसायी, खसीबोका उत्पादक कृषक, काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका र भक्तपुर नगरपालिकालगायतका सरोकारवालासँगको छलफलमा यो दसैँलाई ६० हजार खसीबोका खपत हुन सक्ने अनुमान गरेको प्रवक्ता डा. ढकालको भनाइ छ। गत वर्षको कोरोना भाइरस सङ्क्रमणको अवस्था हुँदा ३८ हजार खसीबोका खपत भए पनि यस पटक ६० हजार खसीबोका खपत हुने अनुमान गरेक...