Posts

Showing posts from September, 2022
Image
  देशैभरका डिपोबाट लोडअनलोड ठप्प पार्ने व्यवसायीको चेतावनी कौशिला कुँवर २९ भाद्र २०७९, बुधबार ०८:१६ 9 Shares काठमाडौं ।  आवश्यक वस्तु संरक्षण ऐन २०१२ मा अत्यावश्यक वस्तु तथा सेवाको आपूर्ति वितरण व्यवस्थामा अवरोध गर्न नपाइने कानुनी व्यवस्था छ । तर, पेट्रोलियम ढुवानी व्यवसायीले सो ऐनको धज्जी उडाउँदै अत्यावश्यक वस्तु पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थामा पटक–पटक अवरोध गर्दै आएका छन् । नेपाल आयल निगमसँग ढुवानी भाडा बढाउन माग गर्दै पेट्रोलिय पदार्थ व्यवसायीले आपूर्तिमा अवरोध गर्दै आएका हुन् । ट्यांकर व्यवसायीले ढुवानी भाडा बढाउन माग गर्दै सातादेखि भारतबाट पेट्रोलियम पदार्थ लोड गरेका छैनन्। माग पूरा नभए १ असोजदेखि देशैभरका सम्पूर्ण डिपोबाट अन्यन्त्र डिपोमा जाने पेट्रोलियम पदार्थ लोड तथा अनलोड ठप्प पार्ने व्यवसायीको चेतावनी छ। यस्तै आजदेखि अमलेखगन्ज डिपोबाट अन्यन्त्र डिपो जाने पेट्रोलियम पदार्थ लोडिङ नगर्ने नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासङ्घले जनाएको छ। राष्ट्रिय उपभोक्ता मञ्चका केन्द्रीय अध्यक्ष प्रेमलाल महर्जनले व्यवसायीले आफ्ना मागका लागि आमउपभोक्तालाई असहज गर्ने गरी अत्याव...